प्रहरीको लत्ताकपडा खरिद गर्ने ठेकेदारद्वय पक्राउ

काठमाँडौ ।
नेपाल प्रहरीको लत्ता कपडा खरिदमा ठगी गरेको आरोपमा दुई ठेकेदार प्रकाउ परेका छन् । पक्राउ पर्नेमा ठेकेदार पीताम्बर कुमार मुन्का र नरेन्द्रनाथ पौडेल छन् । प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरो सीआइबीले मुन्कालाई वीरगञ्ज र पौडेललाई काठमाँडौबाट पक्राउ गरेको हो ।

मुन्का क्राउन टेक्सटाइल्स कम्पनीका सञ्चालक हुन् भने पौडेल प्रतिनीधि हुन् ।

टेक्सटाइल्स सेना र सशस्त्रका लागि समेत लत्ताकपडा खरिद गर्ने कम्पनी हो । टेक्स्टाइल्सलाई पहिले पनि सामग्री खरिदमा हिनामिना गरेको आरोप लागेको थियो ।
कम्पनीले २०७३ मा प्रहरीको उलन पाइन्ट खरिदमा करोडौं हिनामिना गरेको सीआइबीले प्रमाणित गरेको छ ।

यस अघिका हिनामिनामा मुन्का लेनदेन गरी कानुनको आँखा छली बच्दै आएका थिए ।