प्रचण्डको भृकुटीमण्डपबाट चेतावनी

काठमाडौं
संसद विघटन विरुद्ध सडक संघर्षमा रहेको दाहाल नेपाल समूहको आजको ािरोध सभामा बोल्दै प्रचण्डले प्रधानमन्त्री ओलीमाथि विभिन्न आरोपहरु साँधेका छन् ।
उनले ओलीले ७० वर्षको संघर्षबाट जनताको बलीदानीबाट प्राप्त लोकतन्त्रको हत्या गरेको आरोप लगाए ।

प्रचण्डले सम्बोधनको क्रममा ओलीमा बयलगाडा प्रवृत्ति हावी रहेको त्यसलाई आफूहरुले सुधार गर्न खोजेको तर उनी त्यसबाट माथि जान नसकेकोले सर्वसत्तावादी हुन पुगेको आरोप लगाए ।

अब बैशाख महिनाभित्र ओलीको शासनसत्ता र रजगज समाप्त हुनेमा प्रचण्डले आश्वासन दिएका छन् । सर्वसत्तावाद विरुद्ध सबै नेपालीले चनाखो भएर विरोधमा उत्रिनुपर्ने समेत प्रचण्डले उद्घोष गरे । राजा र ओलीको शासन उस्तै रहेकोले ओली विरुद्ध लडाईं लढ्नु न्यायोचित रहेको उनको तर्क छ ।

लिखित संविधानको हिस्सी उडाउनु गण्तन्त्रको उपहास रहेको प्रचण्डको ठम्याई छ । सकेसम्म ओलीलाई सुधार्ने रणनीतिमा आफूहरु रहेको तर अब त्यो समाप्त भइसकेको प्रचण्डले बताए ।

त्यस्तै आफूले ओलीसँग मिलेर पार्टी एकता गरेकोमा पनि क्षमा मागे । अब ओलीलाई विश्वास गर्न नसकिने उनको अडान छ । बाँकी सबै पार्टीका सदस्यहरुसँग सहकार्य गरेर अघि बढ्नुपर्नेमा समेत उनले जोड दिए ।

भृकुटीमण्डपबाट चेतावनी दिँदै उनले भनका छन् संसारमा ठूला ठूला सर्वसत्तावादीहरु जरो देखि उखेलिएर फालिए जस्तै ओली पनि फालिनेमा शङ्का लिनुपर्दैन ।