भाइचाराको नाममा विदेशी हस्तक्षेप अस्वीकार्य , कमल थापा

काठमाडौं ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सुझाव भन्दै गरिने विदेशी हस्तक्षेप स्वीकार नहुने बताएका छन् ।

सामाजिक सञ्जाल ट्वीटरबाट थापाले चीनले अन्तर्राष्ट्रिय भाइचाराको आवरणमा नेपालको आन्तरिक मामलामा दबाब, प्रभाव र हस्तक्षेप गरेको आरोप लगाए ।

गरिहिँदो सत्ता संकट र पार्टी एकतामा सहयोग गर्न चिनियाँ कम्युनिस्ट पार्टीको उच्च प्रतिनिधिमण्डल नेपाल भ्रमणमा आएको सन्दर्भलाई थापाले इङ्गित गरेका हुन् ।

मैले नबुझेको हो वा बढी बुझेको हो, थाहा छैन चिनियाँ कम्युनिस्ट पार्टीले झैं अन्तर्राष्ट्रिय भाइचारा भन्दै भारतीय कांग्रेसले नेपाली कांग्रेस र भाजपाले राप्रपाको आन्तरिक मामिलामा सुझावको आवरणमा दबाब, प्रभाव, हस्तक्षेप दिन थाले नेपालको स्वाभिमान, सार्वभौमिकता र जनताको निर्णायकत्वको के हाल होला भनी थापाले सामाजिक सञ्जाल ट्वीटरमा आफ्नो बिचार राखेका छन् ।