त्रिभुवन विमानस्थलबाट पाँच सय ग्राम सुनसहित एक जना पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पाँच सय १० ग्राम सुनसहित एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सिन्धुलीका नवराज धामी रहेका त्रिभुवन विमानस्थल भन्सार कार्यालयका प्रमुख डा टोकराज पाण्डेले जानकारी दिए ।

उनका अनुसार मलेसियाबाट मलेसियन एयरलाइन्समा सोमबार काठमाडौं आएका धामीले टिभीको भित्रपट्टी लुकाइछिपाइ ल्याएका थिए । सुनबारे आवश्यक अनुसन्धान सुरु भएको डा. पाण्डेले बताए ।