असोज ३ गते बरामद ७० हजार किलो चिनी साल्ट ट्रेडिङले बिक्री गर्न थाल्यो

काठमाडौं । गत असोज ३ गते काठमाडौंको कुलेश्वरस्थित एक गोदाममा व्यापारीले लुकाई राखेको अवस्थामा बरामद गरिएको चिनी साल्ट ट्रेडिङले बिक्री गर्न सुरु गरेको छ ।

लेबल उल्लेख नभएको १४ सय बोरा चिनी वाणिज्य विभाग र काठमाडौं जिल्ला प्रशासनको संयुक्त अनुगमनमा फेला परेको थियो ।

व्यवसायी सन्तोष अग्रवाल ९खेतान० को गुह्वेश्वरी ट्रेडिङमा फेला परेको उक्त चिनी गुणस्तर परीक्षणपछि वाणिज्य विभागले लेबल उल्लेख नभएको कसुरमा ३ लाख जरिवाना गरेको थियो ।

मन्त्रालयको निर्देशनपछि व्यवसायीबाट खरिद गरेर चिनी बिक्री सुरु गरेको साल्ट ट्रेडिङले जनाएको छ ।

साल्टका सूचना अधिकारी कुमारराज भण्डारीले प्रतिकिलो १०१ रुपैयाँमा गह्वेश्वरी फर्मको १४ सय बोरा चिनी किनिएको जनाएको छ ।

‘त्यो चिनीको बिक्री साल्टका सबै सहुलियत पसल र खाद्य व्यवस्था तथा व्यापार कम्पनीको थापाथली गोदामबाट बिक्री सुरु गरिसकेका छौं,’ राजभण्डारीले भने, ‘प्रतिकिलो ९७ रुपैयाँमा प्रतिपरिवार २ किलोका दरले चिनीको बिक्री भइरहेको छ ।’

साल्टसँग रहेको करिब ३ सय टन चिनीसँगै यो चिनीको बिक्री काठमाडौं उपत्यकाका सबै बिक्री केन्द्रहरुबाट भइरहेको साल्ट ट्रेडिङले जनाएको छ ।