चाडपर्वमा प्लाष्टिकका फूल र माला विक्रीमा रोक

चितवन । चितवनको रत्ननगर नगरपालिकाले दसैं, तिहार, छठ जस्ता पर्वहरुमा प्लाष्ट्रिकजन्य फूल,माला र गुच्छाको विक्रीवितरणमा रोक लगाएको छ ।

नगरपालिकाले सोमवार एक सूचना जारी गर्दै नगर कार्यापालिकाको असोज २१ गते बसेको निर्णय अनुसार नगर क्षेत्र भित्र प्राकृतिक फूल, माला र गुच्छा मात्रै विक्रीवितरण गर्न रोक लगाएको जनाएको छ ।

प्लाष्ट्रिकजन्य सामाग्री बातावरण प्रतिकुल हुन भएकोले विक्री वितरण नगर्न भनिएको छ । यस्तो कार्य गरेमा कानून बमोजिम कारर्वाही गर्ने नगरपालिकाले जनाएको छ ।