नक्कली आइडी बनाई लाखौं ठगी गर्ने दाजू बहिनी सुन्धाराबाट पक्राउ

काठमाडौं

सामाजिक सञ्जालमार्फत ठगी धन्दामा संलग्न दाजू बहिनीलाई प्रहरीले पक्राउ गरेको छ ।

उनीहरुले सामाजिक सञ्जालमार्फत विभिन्न व्यक्तिहरुसँग लाखौं ठगी गरेको प्रहरीले पत्ता लगाएको छ ।

रुकुम घर भई हाल कीर्तिपुर बस्दै आएका सन्तोष श्रेष्ठ र आशा श्रेष्ठलाई प्रहरीले सुन्धाराबाट पक्रिएको हो ।

सामाजिक सञ्जालमा नक्कली आइडी बनाएर आफूलाई नेदरल्याण्डको नागरिक भन्दै पीडितलाई ठगी गरिएको प्रराभिक अनुसन्धानले जनाएको छ ।

दाजू बहिनीले करिब चालिस लाख यसरी ठगेको पीडितहरुको उजुरीमा बताइएको छ । थप अनुसन्धान हुने क्रम बाँकी छ ।