जुवा तास खेलिरहेको अवस्थामा १२ जुवाडे पक्राउ

धनगढी । कैलालीमा जुवा तास खेलिरहेको अवस्थामा १२ जुवाडे पक्राउ परेका छन् । जिल्लाको घोडाघोडी नगरपालिका १० पहलमानपुर बस्ने ३१ वर्षीय गजेन्द्र रोकायाको घरमा जुवा तास खेलिरहेको अवस्थामा उनी सहित १२ जुवाडे पक्राउ परेका हुन् ।

विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय सुख्खड कैलालीबाट खटिएको प्रहरीले उनीहरूलाई बुधवार बिहान ३ बजेतिर पक्राउ गरेको हो । उनीहरूलाई नगद ६८,६७५ रुपैयाँ र २ गड्डी तास सहित पक्राउ गरेको प्रहरीले जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताइएको छ ।