लागूऔषध खैरो हेरोइनसहित एक जना पक्राउ

धनगढी। कैलालीमा लागूऔषध खैरो हेरोइनसहित एक जना पक्राउ परेका छन् । जिल्लाको धनगढी उप–महानगरपालिका १३ श्रीलङ्का जाने बाटो नजिकबाट गोदावरी नगरपालिका १ अत्तरिया बस्ने २४ वर्षीय पारस पार्की लागूऔषध खैरो हेरोइनसहित मंगलबार साँझ पक्राउ परेका हुन् ।

प्रहरी चौकी कैलालीगाँउ कैलालीबाट खटिई गएको प्रहरी टोलीले शंका लागी चेकजाँच गर्दा उनको साथमा २१० मिलिग्राम लागू औषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला पारी पक्राउ गरिएको प्रहरीले जनाएको छ । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको बताइएको छ ।