इजरायलमा बेपत्ता भएको भनिएका कञ्चनपुरका विपिन सम्पर्कमा आए

धनगढी ।  इजरायलमा बेपत्ता भएको भनिएका कञ्चनपुरका विपिन जोशी सम्पर्कमा आएका छन् । प्यालेस्टानी विद्रोही समूह (हमासको) आक्रमणबाट बेपत्ता भएको भनिएका जोशी सम्पर्कमा आएका हुन् ।

कञ्चनपुरको भीमदत्त नगरपालिका–३ का जोशी अहिले अस्पतालमा उपचाररत रहेको इजरायलस्थित नेपाली दूतावासले जनाएको छ । विपिन गत भदौको अन्तिम साता ११ महिनाका लागि ‘लर्न एन्ड अर्न’ कार्यक्रम अन्तर्गत कृषि अनुसन्धान तथा कामका सिलसिलामा इजरायल पुगेका थिए । शनिबारदेखि बेपत्ता रहेका उनी आज सम्पर्कमा आएका बताइएको छ ।