नक्कली नोटसहित एक जना पक्राउ

काठमाडौं । प्रहरीले नक्कली नोटसहित एक जनालाई पक्राउ गरेको छ।

ललितपुर महानगरपालिका वडा नम्बर ५ लगनखेल बसपार्कबाट एक जनालाई नक्कली नोटसहित पक्राउ गरेको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नवराज कार्कीले बताए।

प्रहरीले मकवानपुरगढी गाउँपालिका घर भई ललितपुरको झरूवासी बस्ने ३२ वर्षीय कुमार वाइबालाई आइतबार बेलुकी पक्राउ गरेको हो।

उनलाई प्रहरी प्रभाग लगनखेलबाट खटिएको टोलीले पक्राउ गरेको हो। वाइबाको साथबाट एक हजारका नक्कली नोट ११ वटा बरामद भएको हो।