भन्सार छलीको कारसहित एक जना पक्राउ

सुर्खेत । भन्सार छलेर ल्याइएको कारसहित एक जना पक्राउ परेका छन् । सुर्खेतमा प्रहरीका अनुसार पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका–६ बस्ने दिनेश बस्याल रहेका छन् ।

उनले बा१८च २७२२ नम्बरको कार भन्सार छलेर ल्याएको प्रहरीले जनाएको छ । प्रहरीले बस्याललाई आफ्नै घर अगाडि उक्त कार चलाइरहेको अवस्थामा फेला पारेको थियो ।

उक्त कारसहित बस्याललाई पक्राउ गरी आवश्यक कारबाहीका लागि भन्सार कार्यालय नेपालगञ्ज पठाइएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जानकारी दिएको छ ।