मुस्लिम, थारु र जनजाति आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपतिलाई बुझाइयो

काठमाडौं । मुस्लिम आयोग र आदिवासी जनजाति आयोगको प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेललाई बुझाइएको छ । सोमबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित कार्यक्रममा मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले मुस्लिम आयोगको वार्षिक प्रतिवेदन बुझाए ।

त्यसपछि आयोजित अर्को कार्यक्रममा रामबहादुर थापाले आदिवासी जनजाति आयोगको प्रतिवेदन बुझाए । यस्तै विष्णुप्रसाद चौधरीले थारु आयोगको प्रतिवेदन बुझाए ।