नेप्सेमा छायो हरियाली, कारोबार रकम एक अर्ब ८४ करोड

काठमाडौं । साताको कारोबारको तेस्रो दिन नेप्सेमा हरियाली छाएको छ । सोमबार २३ दशमलव १६ अंकले घटेर बन्द भएको सेयर बजारमा आज हरियाली छाएको हो ।

आज नेप्से परिसूचक १३ दशमलव १८ अंकले बढेर १८६४ दशमलव ६२ विन्दुमा पुगेको छ । मंगलबार २८९ कम्पनीको ४५ हजार ४ सय ५६ पटकको कारोबारमा ३८ लाख १३ हजार २ सय ३३ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम १ अर्ब ८४ लाख ३७ हजार रहेको छ ।

कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ३ दशमलव ०८ अंकले बढेर ३५८ दशमलव ८३ विन्दुमा पुगेको छ ।