सिटौलाले भने : संविधान सम्बत गरेको निर्णयलाई गुन्डागर्दी तरिकाले संसोधन हुन्छ ?

काठमाडौं । कोशी प्रदेशस्थित राष्ट्रिय प्रजातन्त्र पार्टी संसदीय दलका नेता भक्तिप्रसाद सिटौलाले प्रदेशको नामकरणको प्रसँग उठाउँदै गुण्डागर्दी तरिकाले संशोधन हुन नसक्ने बताएका छन् ।

बुधबार मुख्यमन्त्री केदार कार्कीले विश्वासको मतका लागि राखेको प्रस्तावका सम्बन्धमा बोल्दै कार्कीले भने, ‘संविधान सम्बत गरेको निर्णयलाई गुन्डागर्दी तरिकाले संसोधन हुन्छ’ ?

कुनै पनि राजनीतिक दलले प्रदेशको नाम यो या त्यो राख्नुपर्छ भनेर राजनीति गर्न पाउने सिटौलाको भनाइ छ । ुकुनै दलले यो नाम राख्नु पर्छ भनेर राजनीति गर्न पाउँछ । त्यसमा मेरो सम्मान छ,’ सिटौलाले भने, ‘तर, संविधान अनुसार नामाकरण गर्दा ल्याप्चे पनि लगाउने अनि सडकमा निस्किएर बबन्डर सिर्जना गर्ने ?

नामकरण विरुद्धको आन्दोलनमा माओवादी केन्द्रलाई इङ्कित गर्दै सिटौलाले आलोचना गरेका थिए ।