आईसिसी विश्वकप : आज अस्ट्रेलिया र पाकिस्तान भिड्दै

काठमाडौं । भारतमा जारी आईसिसी एकदिवसीय विश्वकप अन्तरगत आज अस्ट्रेलिया र पाकिस्तान भिड्दैछन् ।
बैंगलुरुलमा हुने खेल नेपाली समय अनुसार दिउसो सवा २ बजे सुरु हुनेछ। खेल तालिकामा पाकिस्तान चार अंकसहित चौथो र अस्ट्रेलिया दुई अंकसहित छैटौं स्थानमा रहेको छ।

समान एक खेल हारेका दक्षिण अफ्रिका र पाकिस्तानको चार अंक छ। नेटरनरेटमा पाकिस्तान चौथो स्थानमा छ। खराब सुरुआत गरेको अस्ट्रेलिया तीन खेलमा एक मात्रै जितेको छ।