बन्धकको संख्या वार्ताका लागि पर्याप्त छ : हमासका पूर्वप्रमुख

काठमाडौं । हमासका पूर्वप्रमुख खालेद मशालले इजरायलबाट बन्धक बनाएर ल्याइएका धेरैजसो सैनिक रहेको जानकारी दिएका छन् ।

उनले इजरायली जेलमा रहेका प्यालेस्टाइनी कैदीहरूको रिहाइका लागि वार्ता गर्न यो पर्याप्त भएको बताए ।

यसअघि इजरायलका रक्षामन्त्री योभ गालान्टले गाजा सीमामा भेला भएका सैनिकहरूलाई आफू छिट्टै गाजाभित्र गएर हेर्ने बताएका थिए । उनले भनेका थिए, ‘आदेश छिट्टै आउने छ ।’

यसैबीच इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले पनि सैनिकलाई ‘हामी जित्नेछौँ’ भनेका छन् ।