राजधानीमा राप्रपाको राजसंस्था फर्काउने प्रदर्शन

काठमाडौं । राजसंस्थाको पुनस्र्थापना र हिन्दु राष्ट्रको माग गर्दै राप्रपाले शुक्रबार राजधानीमा शक्ति प्रदर्शन गरेको छ । राजधानीका तीन वटै सहरमा राप्रपाले जुलुस निकालेको हो । विभिन्न क्षेत्रबाट निक्लिएको जुलुस राजधानीको केन्द्र रत्नपार्कमा गएर कोणसभामा परिवर्तन भयो । कोणसभालाई राप्रपाका तीन वटै अध्यक्षले सम्बोधनको क्रममा अब देशलाई राजा र हिन्दु राष्ट्र आवश्यक रहेकोमा जोड दिए । हाल राप्रपामा कमल थापा , पशुपति शमशेर एवं प्रकाशचन्द्र लोहनी गरी तीन जना अध्यक्ष रहेका छन् ।
राप्रपा पार्टीले राजधानीमा गरेको प्रदर्शनमा यो सबैभन्दा ठूलो प्रदर्शन हो । नेपाली राजनीतिमा राप्रपा हिन्दु राष्ट्र र राजसंस्थाको वकालत गर्ने एक मात्र पार्टि हो । रत्नपार्कको कोण सभालाई सम्बोधन गर्ने क्रममा नेता थापाले जनता सचेत भए मात्र राजसंस्था र हिन्दु राष्ट्रको पुनस्र्थापना हुन सम्भव रहेको बताए ।