अरुको समाचार खोज्ने राष्ट्रिय समाचार समितिले आँगनको समाचार देखेन

काठमाडौं । देशभरको समाचार संकलन गरी संप्रेषण गरेर विक्री वितरण गर्दै आईरहेको राष्ट्रिय समाचार समितिले आफ्नै आँगनको समाचार भने देखेको छैन । यतिखेर राष्ट्रिय समाचार समितिको मुख्यालय निर्माणको शुरु गरिएको छ ।

राष्ट्रिय समाचार समितिको भवन निर्माण ठेक्का पाएको सिद्धबाबा कन्स्ट्रक्सनले जगमा प्रयोग गरिने डण्डी पुरानो प्रयोग गरेको भेटिएको छ । शुक्रबार साँझ भनवको जगको ढलान गर्न खोजिएको छ । तर जगमा प्रयोग गरिएको डण्डी पुरानो प्रयोग गर्दा पनि न त राष्ट्रिय समाचार समितिले ध्यान पु¥याएको छ, न त भवन निर्माण गरिरहेको राष्ट्रिय पुर्न निर्माण प्राधिकरण हेरेको छ ।

नक्सा मात्र हेरेर इन्जिनियरहरुले आर्थिक मिलेमतोमा पुरानो डण्डी प्रयोग गरेको आरोप राससका कर्मचारीको छ ।
यद्यपी अरुको समाचार लेख्ने राष्ट्रिय समाचार समितिले आफ्नै भवन निर्माणमा पुराना सामग्री प्रयोग गर्दा पनि समाचार बनाउने आँट गरेको छैन । भुकम्पपछि केही क्षति भएको राष्ट्रिय समाचार समितिको भवन राष्ट्रिय पुर्ननिर्माण प्राधिकरणले निर्माण गरिदिन लागेको हो । जनताले तिरेको करबाट निर्माण हुँदै गरेको राससको भवनको जग नै खराव हुने गरी निर्माण कार्य गरिरहँदला सयौं पत्रकारले जागिर खाईरहेको राससको भवन निर्माणमा नै अनियमितता हुँदा पत्रकारले समाचार बनाउन नसक्नुलाई के भन्ने ?

भवन निर्माणमा प्रयोग गरिएको डण्डी पुरानो भएको र त्यसले भवन बलियो हुन नसक्ने भएकाले राससले आफ्नो भवन निर्माण भईरहँदा प्रयोग हुने निर्माण सामग्री गुणस्तरहीन प्रयोग हुँदा पनि मौन छ भन्ने विषयमा राससका महाप्रवन्धक ओपेन्द्र शर्मासँग सम्पर्क गर्दा उनले डण्डी पुरानो हालेको भन्ने सुनेको भएपनि आफूले त्यस तर्फ ध्यान नदिएको बताए ।

चार वर्षका लागि महाप्रवन्धक नियुक्ति भएका शर्माले दिएको उक्त अभिव्यक्तिलाई गैरजिम्मेवार भन्नु बाहेक अरु के नै गर्न सकिन्छ र । सो विषयमा राष्ट्रिय पुर्ननिर्माण प्राधिकरणका प्रवक्ता गोपाल प्रसाद अर्याल सम्पर्कमा आएनन् । प्राधिकरण कै सहप्रवक्ता मनोहर घिमिरेले भने भवन हेर्नका लागि भवन निर्माण विभागले नै हेर्ने भएकाले आफूहरुलाई केही जानकारी नहुने भन्दै तर्किए ।

नेपाल सरकारको आधिकारिक समाचार संस्था एवं पत्रकारहरुको जागिरे थलो राष्ट्रिय समाचार समितिको भवन निर्माणमा नै यस्तो गैरकानूनी एवं गुणस्तरहीन निर्माण सामग्री प्रयोग हुँदा समेत सम्वन्धित सरोकारवाला निकाए निदाएर बसेको छ ।

अझ अनौठो कुरा त जनतालाई देशभरका निष्पक्ष समाचार संपे्रषण गर्ने भनिएको राष्ट्रिय समाचार समितिले आफ्नै आँगको समाचार देख्न नसक्नुलाई के भन्ने होला ?

अर्को महत्वपूर्ण कुरा के हो भने

राससमा व्यवस्थापनले नियम विपरित कर्मचारी भर्ना गरेर कर्मचारीहरु आन्दोलनमा रहेका छन् तर, समाचार भने लेखेको छैन । व्यवस्थापनले दरवन्दी भएको ठाउँमा कर्मचारी भर्ना गरेपछि राससमा रहेका नेपाल राष्ट्रिय कर्मचारी संगठन, नेपाल पत्रकार महासंघ रासस शाखा, रासस कर्मचारी संघ र नेपाल प्रेस युनियन रासस शाखाले नयाँ नियुक्ति बदर गर्न अध्यक्ष हरिहर अधिकारी श्यामल समक्ष मागपत्र समेत बुझाएका छन् ।