६ हजार घुस लिएका प्रहरी हवल्दार अख्तियारको नियन्त्रणमा

काठमाडौं । ६ हजार घुस लिएको भन्दै प्रहरी हवल्दार भोला यादवलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार ईलाका प्रहरी कार्यालय हरिनगरा, सुनसरीमा कार्यरत प्रहरी हवल्दार भोला यादवले भारतबाट घरायसी सामान ल्याउन सहजीकरण गरिदिने प्रयोजनका लागि सेवाग्राहीसँग ६ हजार घुस लिएका थिए ।

घुस लिए लगतै सो रकम नजिकैको व्यापारीलाई राख्न दिएको अवस्थामा नगद सहित दुवैजनालाई हरिनगरा बजारबाट नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको अख्तियार प्रवक्ता तारानाथ अधिकारीले जनाएका छन् ।