टी-२० सिरिज : सोमपालले लिए युएईको पहिलो र दोस्रो विकेट

काठमाडौं । त्रिदेशीय टी-२० सिरिजमा नेपालका सोमपाल कामीले नै युएईको दोस्रो विकेट लिएका छन्।

सोमबार काठमाडौंको मुलपानी क्रिकेट मैदानमा जारी खेलमा टस जितेर बलिङ गरेको नेपालले युएईको दोस्रो विकेट लिएको छ।

सोमपाल कामीले मोहम्मद वासीमलाई आउट गरेका हुन्। उनलाई गुलशन झाले क्याच आउट गरे। वासीम आठ रन बनाएर आउट भएका हुन्।

सोमपालले नै खालिद शाहलाई पहिलो ओभरको छैटौं बलमा बोल्ड गरेका हुन्। शाह १२ रन बनाएर आउट भए।

खेलको तीन ओभर सकिँदा दुई विकेट गुमाएर युएईले ३४ रन बनाएको छ।

नेपालले यस सिरिजमा लगातार तीन जित हात पारिसकेको छ। हङकङलाई दुई पटक र युएईलाई एक पटक पराजित गरिसकेको छ।

तीन जित हात पारेसँगै नेपालले शुक्रबार हुने कीर्तिपुर क्रिकेट मैदानमा फाइनल खेल्नेछ।

त्यसअघि बुधबार युएई र हङकङबीच मुलपानीमा खेल हुनेछ। आइतबार युएईले हङकङलाई ६ विकेटले पराजित गरेको थियो।