मोटर साइकल चोरी गर्ने गिरोह नै समातियो

काठमाडौं । काठमाँडौं ट्राफिक प्रहरीले मोटरसाइकल चोरीमा संलग्न पाँचजनाको गिरोहलाई नै पक्राउ गरेको छ ।तिनीहरुले काटमाडौंको विभिन्न स्थानबाट मोटर साइकल चोरी गरेको प्रहरीले जनाएको हो । महानगरीय ट्राफिक प्रहरी महाशाखाबाट सादा पोशाकमा खटिएको टोलीले मोटरसाइकल चोरीमा संलग्न पाँच जनालाई बुधबार काठमाडौँका विभिन्न स्थानबाट पक्राउ गरी आज सार्वजनिक गरेको हो ।समातिनेहरुमा नुवाकोटका चार जना रमेश तामाङ, किरण लामा, क्षितिज तामाङ, दीपक तामाङ र बाराका एक जना गङ्गा चौधरी छन् । उनीहरुमध्ये एक जनालाई ताकेश्वर नगरपालिकास्थित धर्मस्थलीबाट र चार जनालाई काठमाडौँ महानगरपालिका १६ म्हैपीबाट पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।
प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा पार्किङ गरेर राखेका मोटरसाइकल चोरी गर्ने गिरोहलाई नै पक्राउ गरेको बताए।

पक्राउ परेकालाई आवश्यक अनुसन्धान तथा कारवाहीका लागि महानगरीय प्रहरी वृत्त बालाजु पठाइएको महाशाखाले जनाएको छ । मोटर साइकल हराएका उजुरी
धेरै पर्न आएकोले पछिल्लो पटक प्रहरी बबढी चनाखो भएको थियो र सफलता प्राप्त गरेको पनि भट्टराईले बताए ।