काठमाडौं । भारतमा जारी एक दिवसीय विश्वकप क्रिकेट प्रतियोगितामा श्रीलंकाले इङ्गल्यान्डविरुद्ध फराकिलो जित निकालेको छ ।
सुरुवाती ब्याटिङ गरेको इङ्गल्यान्ड ब्याटिङलाइन श्रीलंकाको बलिङमा ध्वस्त भएको थियो । जसका कारण इङ्गल्यान्डले १५६ रनको झिनो स्कोर खडा गरेको हो ।
इङ्गल्यान्ड ३३.२ ओभरमा १५६ रन बनाउँदै अलआउट हुँदा श्रीलंकाले जितका लागि १५७ रनको सहज लक्ष्य पाएको थियो । श्रीलंकाले २५.४ ओभरमा २ विकेट गुमाउँदै १६० रन बनाउँदै लक्ष्य पूरा गरेको हो ।
Add Comment