विश्वकपमा हेडले रचे नयाँ इतिहास

काठमाडौं । अष्ट्रेलियाका बायाँ हाते ओपनर ट्राभिस हेडले भारतमा जारी एकदिवसीय विश्वकपमा नयाँ इतिहास बनाएका छन्। न्यूजिल्याण्डविरुद्ध ५९ बलमै शतक बनाउँदै उनले नयाँ कीर्तिमान बनाएका हुन्।

हेडले विश्वकप डेब्युमै सबैभन्दा छिटो शतक बनाउने खेलाडीको कीर्तिमान बनाएका हुन्। उनको यो ओडिआई करिअरको चौथो शतक हो। विश्वकपमा उनको पहिलो शतक हो। उनले ६७ बलमा १० चौका र ७ छक्काको मद्दतमा १०९ रनको पारी खेले।