जनतालाई झुक्याउने र घात गर्ने जनप्रतिनिधिलाई किन भन्ने सम्माननीय र माननीय ?

काठमाडौँ । समृद्ध मुलुक निर्माण गर्नका लागि देशलाई आत्मनिर्भर बनाउने, जनताको चाहना अनुरुप राष्ट्र विकास गर्नका लागि निर्वाचनबाट पठाईएका जनप्रतिनिधिहरु अहिले आफूहरुलाई सम्माननीइ र माननीय बनाउन मै अल्झिएका छन् । जनताले जनार्दन भन्ने अनि उनै जनतलाई दास बनाएर आफू माननीय र सम्माननीय बन्ने सोच जनप्रतिनिधिमा बढ्दै गएको छ । आफूलाई सम्मानीय र माननीय बनाउनका लागि नै राष्ट्रियसभा, विधायन व्यवस्थापन समितिले ‘राष्ट्रिय मर्यादा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित गरेको छ । सो गैरसरकारी विधेयक राष्ट्रियसभाको आज मङ्गलबार बस्ने बैठकमै प्रस्तुत गर्ने तयारी छ ।

समितिको बैठकले सदस्य र विज्ञसहितको सुझाव समेटेर मर्यादासम्बन्धी विधेयक पारित गरेको हो। त्यसले राष्ट्रिय मर्यादा क्रमका सन्दर्भमा उठेको केही मुख्य विषयवस्तुलाई सम्बोधन गरेको छ ।

विधेयकमा अतिविशिष्ट र विशिष्ट व्यक्तिलाई ‘सम्माननीय वा माननीय’ के भनेर सम्बोधन गर्ने भन्ने विषयलाई व्यवस्थित गरिएको छ । यसमा अति विशिष्ट व्यक्तिहरू राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश तथा प्रतिनिधिसभाका सभामुख र राष्ट्रियसभाका अध्यक्ष रहने गरी मर्यादाक्रम मिलाउन प्रस्ताव गरिएको छ जसका पदका अघि ‘सम्माननीय’ भनी सम्बोधन गर्नुपर्ने हुन्छ ।

त्यस्तै ‘विशिष्ट व्यक्ति’का सूचीमा रहेका सङ्घीयमन्त्री र सांसद, प्रदेश प्रमुख–मुख्यमन्त्री–मन्त्री–सभामुख, प्रतिनिधिसभाका उपसभामुख र राष्ट्रियसभाका उपाध्यक्ष, सर्वोच्च अदालतका न्यायाधीश, संवैधानिक निकायका प्रमुख र सदस्य, महान्यायाधिवक्ता, पूर्वअतिविशिष्ट पदाधिकारी तथा संविधानसभाध्यक्ष–उपाध्यक्ष–सदस्यलाई भने पदका अघि ‘माननीय’ शब्दले सम्बोधन गरिनेछ ।

हो, जनताले विश्वास गरी निर्वाचित गराएर पठाएका जनप्रतिनिधिहरुलाई सम्मान गर्नु पर्दछ । जसले देश र जनताको हित गर्छ । तर वर्तमान अवस्थामा पनि उही पञ्चायती शासन जस्तै हुकुमी शासन चलाउन खोज्नेहरुलाई अझै पनि माननीय र सम्माननीय मै ज्यूँ हजुर गर्ने कानून बनाउने र जनतालाई रैती बनाउने खोज्नेहरु बढ्न थालेका छन् । त्यसो हो भने मत निर्वाचनमा मत दिएर शीर्ष स्थानमा पु¥याउने मतदाता माननीय हुन कि देशलाई कंगाल बनाउने, युवाहरुलाई पलायन हुन वाध्य गराउने, देशलाई परनिर्भरतातिर धकेल्नेलाई माननीय र सम्माननीइ भन्दै पुज्ने ?

२१ आंै शताब्दीको अहिलेको युगमा माननीय भन्दैमा वा भन्न लगाउँदैमा न त जनप्रतिनिधिको उचाई बढ्छ । न त जनताले चाहेको जस्तो व्यवस्था पाउँछन् । त्यसैले जसलाई सम्माननीय र माननीय बन्न मन छ । उसले जनताको मन जित्ने काम गर्न सक्नु पर्दछ । व्यक्तिगत, दलगत स्वार्थ त्यागेर देश र जनताको भलाईमा काम गर्ने जसलाई मन जनताले मनै देखि सम्मान गर्ने अवस्थाको सिर्जना गर्त तर्फ सांसदहरु लाग्ने कि ?