काठमाडौंको मेयरको मर्यादाक्रम हटाउँदा प्रमुख प्रशासकीय अधिकृत उपसचिव हुनु पर्ने

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख लक्षित गरी राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिले मर्यादाक्रम घटाउने प्रस्ताव गरेको छ । पछिल्लो पटक २०७६ साल वैशाख १६ गते नेपाल राजपत्रका प्रकाशित मर्यादाक्रममा काठमाडौं महानगर पालिका प्रमुखको मर्यादाक्रम १० औं स्थानमा राखिएको थियो ।

अहिले प्रचलित व्यवस्था अनुसार काठमाडौं महानगरपालिका प्रमुखको मर्यादाक्रमको लहरमा नेपाल सरकारका सहायक मन्त्री, प्रतिनिधि सभाका सदस्य, राष्ट्रिय सभाका सदस्य, नेपाल सरकारका पूर्वमन्त्री, उच्च अदालतका मुख्यन्यायाधीश, प्रदेश सरकारका मन्त्री, प्रदेश सभाका उपसभामुख, प्रदेश सरकारका राज्यमन्त्री, प्रदेश सभाका बिभिन्न समितिका सभापति, संविधान सभाका सदस्य, पूर्व सांसद, नेपाल सरकारको मुख्यसचिव र प्रधानसेनापति छन् ।

सोमबार राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिबाट पारित ‘राष्ट्रिय मर्यादा सम्बन्धी विधेयक, २०७९’ मा महानगरपालिका प्रमुखको मर्यादा १७ औं स्थानमा राखिएको छ ।

यदि महानगरपालिकाको प्रमुखको मर्यादा क्रम १७ औं स्थानमा राख्ने हो भने महानगरको प्रमुख प्रशासकीय अधिकृतका रुपमा उप सचिव खटाउनु पर्ने अवस्था आउन सक्छ ? अहिलेको मर्यादाक्रममा अनुसार सहसचिवलाई १६ औं स्थानमा राखिएको छ भने उपसचिव १८ औं स्थानमा राखिएको छ । मर्यादाक्रमलाई मान्ने हो र महानगरप्रमुखलाई १७ औं स्थानमा राख्दा उनी मातहतमा रहने कर्मचारी मर्यादाक्रमका कराण पनि १८ हुनु पर्ने देखिन्छ । यसले के पुष्टि गर्दछ भने अहिलेको मर्यादाक्रम घटाईनुको मुख्य कारण भनेकै वर्तमान मेयर बालेन्द्र साह हुन् । बालेन्द्र साहकै कारण सरकारमा बस्नेहरुले मर्यादाक्रम घटाउन लागेका हुन् ।

विगतमा काठमाडौं महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत नेपाल सरकारको विशिष्ट श्रेणीका सचिव नै दरवन्दी राखिएको थियो । श्रोत साधन र आर्थिक परिचालनका दृष्टिकोणले प्रशासनिक रुपमा काठमाडौं महानगरपालिकाको हकमा सचिव नै दरवन्दी हुनु पर्दछ थियो हुनु पर्दछ भन्ने वहस त्यत्तिबेला नै नभएको भने होइन ।

तर संघ सरकारले महानगरमा पठाउने प्रमुख प्रशासकीय अधिकृतलाई आर्थिकदेखि योजनासम्ममा आफू अनुकुल प्रयोग गर्न सचिवको दरवन्दी हटाएर सहसचिवको दरवन्दी कायम गरेको थियो । दुई पटकसम्म सचिवको दरवन्दी कायम गरी सचिवले नै हाँकेको काठमाडौं महानगरपालिका एक नारायण अर्याललाई सरुवा गरे पश्चात दरवन्दी नै कटौती गरिएको थियो । । भने उनी मातहतमा को आउने भन्ने प्रश्न चिन्ह् उब्जन सक्छ । अहिले पनि नेपाल सरकारको सचिवलाई मर्यादाक्रमको १३ औं स्थानमा राखिएको छ ।