इजरायल र नेपाल सम्वन्धमा तुषारापात नल्याओस्

यतिखेर इजरायल र प्यालेष्टाइन युद्धका कारण विश्व नै तरङ्गित अवस्थामा छ । करीव एक शताव्दीदेखिको इजरायल प्यालेष्टाइनको आन्तरिक समस्यासँग नजिक नरहेको नेपाल यस पटक भने नजिकमा पुगेको देखिन्छ । सन् १९५८ मा तात्कालिन राजा महेन्द्रको इजरायल भ्रमण पश्चात सन् १९६० मा नेपाल इजरायल वीच कूटनीतिक सम्वन्ध स्थापित भयो । कुटनीतिक सम्वन्ध स्थापना भएको करीव ६३ वर्षपछि इजरायललाई नजिकबाट नियाल्न नेपाली जनता तथा राजनीतिक दल पनि सफल भएको देखिन्छ ।
सन् १९६० मा कूटनीतिक सम्वन्ध स्थापना भएको नेपाल र इजरायल वीचको सम्वन्धसँधै सुमधुर मात्र रहेन । एक अर्कालाई समस्या पर्दा सहयोग आदानप्रदान पनि भईरह्यो । इजरायलले नेपालमा आफ्नो दूतावास १९६१ मै काठमाडौ स्थापना गरको थियो भने नेपालले सन् २००७ मा मात्र इजरायलमा दूतावास स्थापना गरेको थियो ।
इजरायले आजको इजरायल त्यसै बनेको छैन । इजरायली जनताले निकै संघर्ष र कष्टले इजरायल विश्वसामु चिनाउन सफल पनि भएको छ । अझ पछिल्लो समय आधुनिक कृषि क्षेत्रमा आफूलाई विश्व माझ चिनाउन सफल पनि भएको छ इजरायल ।
विगतमा प्यालेस्टाइन र इजरालयको द्धन्द्धमा चासो र चर्चा नलिएको नेपाल अहिले चासो लिएको देखिन्छ । विशेष गरी इजरायले आफ्नो देशमा केयर गिभर तथा कृषि कार्यका लागि नेपालबाट कामदार लैजान थालेपछि इजरायलप्रतिको घनिष्टता नेपालीहरु माझ अझ बढ्न थालेको देखिन्छ । त्यत्तिमात्र होइन इजरायलको कृषि प्रविधि नेपालमा भित्र्याउने र कृषि क्षेत्रको विकास गरी उत्पादकत्व बृद्धि गर्न सहज रुपमा प्राविधिक सहयोग गर्ने, कृषि प्रशिक्षणका लागि नेपाली विद्यार्थी इजरायल लैजान थालेपछि नेपालीहरुको मनमा इजरायल प्रतिको दृष्टिकोणमा निकै नै सकारात्मक दृष्टिकोण बन्न पुगेको थियो । अझ इजरायलको कृषि प्रविधि हेर्नका लागि त्यो पुग्ने कृषि व्यवसायीहरु पनि क्रमश बढ्दै जान थालेका छन् भने नेपालका अहिले कृषि व्यवसाय गर्नेहरु अधिकांश इजरायली प्रविधिलाई नै अंगिकार गर्दै आईरेका छन् ।
कुनै बेला दशौं हजार नेपाली इजरायलमा रोजगारी गरिरहेका थिए भने अहिल करीव ५ हजारको हाराहारीमा विभिन्न काममा संलग्न भएका छन् । त्यसमाथि पनि लर्न एण्ड अर्न परियोजना अन्तर्गत इजरायल जाने युवाहरुको सपना नै हुने गर्दथ्यो । अहिले पनि यद्यपी छ पनि ।
पछिल्लो समय प्यालेस्टाइृनले इजरायल माथि गरेको आक्रमणका कारण १० नेपाली विद्यार्थीहरुको निधन भएपछि केही व्यक्तिहरुले इजरायलको विपक्षमा विष वमन गर्न थालेको देखिन्छ । १० जना विद्यार्थीहरुको दुखद् निधनले भविष्यमा हुन संक्ने सम्भावित दूर्घटनाप्रति सचेत भने तुल्याएको छ नै । तर पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई उनकी पत्नी हिसिया यमी लगायत केही व्यक्तिले युद्धका विषयमा दूतावास अघि गएर धर्ना दिनु भनेको इजरायल र नेपालवीचको कुटनीतिक सम्वन्ध खल्बल्याउन खोजेको हो कि भन्ने आशंका पैदा नभएको पनि होइन ।
राजा महेन्द्रले ६३ वर्ष अघि स्थापना गरेको कुटनीतिक सम्वन्धलाई धमिल्याउने काम हुने संकेत पनि नदेखिएको भने होइन । नेपालका लागि इजरायले कुनै न कुनै रुपमा समृद्धिका लागि पहल गरिरहेको छ । यद्यपी संयुक्त राष्ट्र संघमा अहिलेको युद्धको विपक्षमा मत नेपालले हाल्नुको कारण केही व्यक्तिहरुको निजी स्वार्थ भन्दा फरक छैन ।
वास्तविक रुपमा भन्ने हो भने नेपालले कुनै पनि देशको आन्तरिक समस्यामा असंलग्न परराष्ट्र नीति अवलम्वन गर्दै आईरहेको छ र गरिरहन्छ भन्ने आशा गर्न सकिन्छ । तर अहिले प्यालेसटाईन र इजरायल वीचको आन्तरिक समस्यामा कुनै पनि दल एवं सरकारी पदाधिकारीहरुले राज्यको असंलग्न परराष्ट्र नीति नै अवलम्वन गर्नु उचित होला ।
इजरायल र नेपालवीचको छ दशकभन्दा बढी लामो समयको कुटनीतिक सम्वन्धमा तुषारापात ल्याउने काम कोही कसैबाट गरिनु हुन्न । नेपाल सरकारले इजरायल प्रति ६३ वर्ष लामो कुटनीतिक सम्वन्धलाई अझै फराकिलो बनाउने तर्फ अग्रसर हुन आवश्यक छ ।

नेपाल र इजरायल बीच १ जुन १९६० मा कूटनीतिक सम्बन्ध स्थापित भयो। ृ४े सम्बन्ध स्थापना भएदेखि नै नेपालले अन्तर्राष्ट्रिय रूपमा इजरायललाई सहयोग पुर्‍याएको छ। इजरायलले मार्च १९६१ मा राजधानी काठमाडौंमा आफ्नो दूतावास खोले। इजिप्टमा नेपाली राजदूत पहिलो पटक इजरायलमा मान्यता प्राप्त थिए। नेपालले इजरायलमा १९९३ मा नेपाली मानद वाणिज्य दूतावास र २२००७ मा दूतावास खोले। इजरायलमा हालका नेपाली राजदूत बैजनाथ थापालिया हुन् जसले मार्च १९ मार्च २०,०८ ष्ट्र पति पेरिस समक्ष आफ्नो ओहोदाको प्रस्तुत गरे।

इजरायल राष्ट्र एउटा दक्षिण–पश्चिम एसियामा स्थित देश हो । यो दक्षिणपूर्व भूमध्य सागरको पूर्वी छेउमा स्थित छ । यसको उत्तरमा लेबनान छ, पूर्वमा सीरिया र जोर्डन छन्, भने दक्षिण–पश्चिममा मिश्र छ । इजरायलको वित्तीय केन्द्र र प्रविधि केन्द्र तेल अभिभ हुन् । इजरायललाई ३२ वटा राज्यले मान्यता दिएको छैन। (भण्डारी कृषि पत्रकार महासंघ नेपालका अध्यक्ष एवं कृषि अनलाइनका सम्पादक हुन् )