गाजास्थित शरणार्थी शिविरमा इजराइलद्वारा जेट विमानबाट आक्रमण, ५० जनाको मृत्यु

इजराइली सेनाले गाजाको जबालिया शरणार्थी शिविरमा आक्रमण गरेको पुष्टि गरेको छ । जेट विमानबाट गरिएको सो आक्रमणबाट हमासका एक वरिष्ठ कमाण्डर मारिनुका साथै हमासको भूमिगत पूर्वाधारमा ठूलो क्षति पुगेको बताइएको छ ।

शिविरमा भएको आक्रमणमा ५० जना मारिएको हमासद्धारा संचालित स्वास्थ्य मन्त्रालय र अस्पतालका निर्देशकले जनाएका छन् ।

घटनास्थलका तस्वीरहरुले घरहरु भएको ठाउँमा कतै ठूला खाडल परेको देखिएको छ भने कतै घरहरु माटोमै बिलाएका छन् । आक्रमणमा परेको शरणार्थी शिविर इजराइलले मानिसहरुलाई आफ्नो सुरक्षाका लागि पहिले नै छोड्न भनेको थियो ।

इजराइलले गाजामा हवाई आक्रमण जारी राखेको छ । हिजो एकैदिनमा ३ सय वटा निसाना बनाएर आक्रमण गरेको इजराइलले जनाएको छ । इजराइली स्थल सेना माथि विद्रोहीहरुका तर्फबाट एन्टी(ट्याङ्क मिसाइल र मेसिन गनबाट आक्रमण गरिएको बताइएको छ ।

हमासले गत ७ सेप्टेम्बर मा इजराइल माथि अचानक आक्रमण गरेपछि इजराइलले गाजामा निरन्तर हवाई तथा स्थल आक्रमण जारी राखेको छ ।