घट्यो डिजेल र मट्टीतेलको मूल्य

काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टीतेलको मूल्य समायोजन गरेको छ । भारतीय आयल निगमबाट समायोजन भइ आएको मूल्य सूची अनुसार निगमले नयाँ दर कायम गरेको हो ।

निगमका अनुसार डिजेल र मट्टीतेलको मूल्य प्रति लिटर ४ रुपैयाँ घटेको छ । घटेसँगै काठमाडौं उपत्यकामा डिजेल र मट्टीतेलको उपभोक्ता मूल्य प्रतिलिटर १६४ रुपैयाँ कायम भएको छ ।

घटेको मूल्य गएरातीबाट लागु भएको छ । यसैगरी पेट्रोल, खाना पकाउने ग्यास र हवाइ इन्धनको मूल्य भने यथावत रहने निगमले जनाएको छ ।