ओमानले दिएको १४६ रनको चुनौती पछ्याएको नेपाल दबाबमा

काठमाडौँ । आइसिसी ट्वान्टी २० विश्वकप एसिया छनोटअन्तर्गत समूह चरणको अन्तिम खेलमा ओमानले दिएको १४६ रनको चुनौती पछ्याएको घरेलु टोली नेपाल दबाबमा परेको छ ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा ओमानले प्रस्तुत गरेको १४६ रनको लक्ष्य पछ्याएको नेपाल १५ ओभरमाा सात विकेट गुमाउँदै ८३ रन बनाएर खेलिरहेको छ ।

नेपालले कुशल भुर्तेललाई २६, आसिफ शेखलाई ५०, सोमपाल कामी कप्तान रोहितकुमार पौडेल र सन्दीप जोरालाई समान १२ ,कुशल मल्लाई १० र गुल्शन झालाई तीन रनमा गुमाएको हो । ओमानले नेपालको लगातार विकेट लिइरहेको छ । ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेखले पनि राम्रो स्कोर बनाउन सकेनन् । वान डाउनमा आएका सोमपाल कामी १२ रन जोडेर आउट भए । १३ ओभरको खेल सकिदा ६ विकेट गुमाएर नेपालले ७९ रन बनाएको छ ।