छोरीलाई बलात्कार गरे बाबुले

चौध वर्षे छोरीलाई बलात्कार गरेको आरोपमा इटहरीको एकजना पितालाई प्रहरीले नियन्त्रणमा लिएको छ । छोरीले बारम्बार पेट दुखेको भनेपछि विराटनगरमा रहेको नोबेल अस्पतालमा लगिएको थियो । पीडित बालिकाले अस्पतालको चर्पीमा एक मृत शिशुलाई जन्म दिइन् । बच्चाको बाबु को हो भनेर सोधपुछ गरेपछि बालिकाले आफ्नै बाबुले निरन्तर बलात्कार गर्दै आएको बताएकी थिइन् । घटनाको रहस्य बुझेपछि अस्पतालले प्रहरीलाई खबर गरेको थियो । सुनसरीका प्रहरी उपरिक्षक सरोज खनालले बताए अनुसार बालिकालाई अस्पतालको गाइनो वार्डमा भर्ना गरेको मरेको बच्चा जन्मिएपछि हल्लाखल्ला हुँदा बच्चीले आफूलाई आफ्नै बाबुले करणी गरेको रहस्योद्घाटन गरिन् । बाबुले छोरीको आरोप स्वीकार गरेको प्रहरीले जनाएको छ ।
सामाजिक नियमहरुहरुलाई नजरअन्दाज गर्नाले यस्ता घटना घटेको खनालले बताए ।