२८ करोड बराबरको राहत सामग्री वोकेर चिनियाँ जहाज पोखरा पुग्यो

काठमाडौं । जाजरकोट र रुकुम पश्चिमका भूकम्पपीडितका लागि राहत बोकेर दुई चिनियाँ जहाज पोखरा पुगेको छ । उक्त राहत सामग्री उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई नेपालका लागि चिनियाँ राजदूत छन् सोङले हस्तान्तरण गरेका हुन् । चीनले २८ करोड बराबरको बराबरको सामान हस्तान्तरण गरेको हो ।

भूकम्पपीडितका लागि चीन सरकारले उपलब्ध गराएको राहत सामग्री लिएर चिनियाँ सेनाका जहाज बुधबार पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको हो ।