गगन थापालाई कारबाही गर्ने ओली सरकारको तयारी

काठमाडौं। नेपाली काँग्रेसका नेता गगन थापामाथि राष्ट्रपतिविरुद्ध अशोभनीय शब्दहरु प्रयोग गरेको भन्दै ओली ससरकारले आरोप लगाएको छ । राष्ट्रपति जस्तो गरिमामय संस्था विरुद्ध अनर्गल रुपमा प्रचार प्रसार गरेको, अशोभनीय शब्दहरु प्रयोग गरेको भन्दै केपी ओली नेतृत्वको सरकारले गगनमाथि कारबाही गर्न ठूलो सूत्र नै परिचालित गरेको खबर बाहिर आएको हो । यस अघि पनि ओली सरकारले आफ्ना विरोधीहरुलाई विभिन्न बहानामा कारबाही गर्न खोजेको थियो ।