राजस्व छली गर्ने दसजना माथि नै मुद्दा दायर

काठमाडौं । राजश्व अनुसन्धान बिभागले नक्कली भ्याटबिल प्रयोग गरी राजश्व छली गर्ने १० जना बिरुद्ध ६२ करोड रुपैयाँ बिगो सहित बिभागले मुद्दा दायर गरेको छ । । बिभागले झुट्टा तथा नक्कली मुल्य अभिवृद्धि कर विजक प्रयोग गरी राजस्व छली गर्ने १० जनाबाट ६५ करोड २८ लाख ५२ हजार तीन सय ८२ रुपैयाँ विगो असुल गरी जरिवाना र कैद सजाय माग दाबी लिई आज सोमबार उच्च अदालत पाटनमा मुद्धा दायर गरेको हो । सर्लाही जिल्ला धनकौल गाउँपालिकाका प्रदिप साह प्रमुख व्यापारी रहेका छन् ।

बिभागका अनुसार स्थायी लेखा नम्वर ६०६८२८१७४ रहेको आर।के।एम। ट्रेडिङ्ग प्रालि लगायत विभिन्न १३ वटा फर्महरु कमजोर आर्थिक अवस्था भएका मजदुर लगायतका व्यक्तिको नाममा दर्ता गरी सबै फर्महरुकोको बैक खाता संचालन प्रदिप साहले नै गरी विभिन्न फर्महरुको नाममा झुठ्ठा तथा नक्कली बिक्री बीजक जारी गरेको देखिएको छ । यसरी झुठो बिजक तयार गरी आर्थिक बर्ष २०७३– ०७४ देखि २०७५–०७६ सम्ममा मूल्य अभिवृद्धि कर र आयकर राजस्व चुहावट गरेकोले राजस्व चुहावट अनुसन्धान तथा नियन्त्रण ऐन, २०५२ को दफा ३ ले निषेधित गरेको कार्य गरी ऐ ऐनको दफा ४ को क०,ख०, ग०,घ० र झ० बमोजिम कसुर गरी मुअकरतर्फ २२ करोड ४९ लाख ६९ हजार आठ सय एक रुपैयाँ र आयकर तर्फ ३७ करोड ५८ लाख ३६ हजार आठ सय ८९ रुपैयाँ र लाभांस कर तर्फ पाँच करोड २० लाख ४५ हजार छ सय ९२ रुपैयाँ राजस्व चुहावट गरेकोले राजस्व चुहावट अनुसन्धान तथा नियन्त्रण०गरेका थिए ।

ऐन, २०५२ को दफा २ छ१ बमोजिम कूल जम्मा विगो ६५ करोड २८ लाख ५२ हजार तीन सय ८२ रुपैयाँ कायम गरी प्राप्त सवै प्रमाणबाट राजस्व चुहावट गरेको कसुर स्थापित हुन आएकोले उक्त फर्महरुको मुख्य कारोवारी प्रदिप साहसमेत उक्त विभिन्न १३ वटा फर्मका संचालक तथा प्रोप्राईटहरु समेत १० जनालाई उल्लिखित कसूर अपराधमा राजस्व चुहावट अनुसन्धान तथा नियन्त्रण० ऐन, २०५२ को दफा २३ को उपदफा ९१० र ९३० तथा सोही ऐन पहिलो संशोधन ९२०७६० को दफा २३९१०, २३९१० को खण्ड ९घ० र २३ ९४० वमोजिम विगो रकम ६५ करोड २८ लाख ५२ हजार तीन सय ८२ रुपैयाँ असुल उपर गरी जरिवाना र कैद सजाय हुन माग दावी लिई आज सोमबार उच्च अदालत पाटन ललितपुरमा मुद्दा दायर गरिएको बिभागले जानकारी दिएको छ ।