नेकपा एमालेले शनिवारका लागि बोलायो विशेष बैठक

काठमाडौं । नेकपा एमालेले भोलि शनिबारका लागि विशेष बैठक बोलाएको छ ।

भोलि मंसिर २ गते पार्टी केन्द्रीय कार्यालय च्यासलमा दिउँसो १ बजेका लागि बैठक डाकिएको हो । बैठकमा जनसंगठनका पदाधिकारी र काठमाडौंमा उपलब्ध केन्द्रीय सदस्यहरुलाई बोलाइएको एमाले उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिनुभयो ।

बैठकमा अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्नुहुनेछ । बैठकमा पछिल्लो राजनीतिक गतिविधि र युवासंघको आयोजनामा हुने मंसिर ७ गतेको कार्यक्रमको बारेमासमेत छलफल हुनेछ ।

युवा संघले आगामी मंसिर ७ गते काठमाडौंमा जनप्रदर्शन गर्दैछ ।