सर्वाेच्चमा परेका टिकटिक प्रतिबन्धविरुद्धका रिटहरुको मङ्सिर प्रारम्भिक सुनुवाइ हुने सर्वाेच्चमा परेका टिकटिक प्रतिबन्धविरुद्धका रिटहरुको मङ्सिर ४ गते प्रारम्भिक सुनुवाइ हुने

काठमाडौं । टिकटक प्रतिबन्धविरुद्ध सर्वोच्च अदालतमा परेको रिट निवेदनहरूमाथि मङ्सिर ४ गते सोमबार प्रारम्भिक सुनुवाइ हुने भएको छ ।

सरकारले टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णय गरेसँगै सो निर्णय खारेजीको माग गर्दै आज कानुन व्यवसायीहरूले सर्वोच्चमा रिट दर्ता गरेका हुन् ।

सर्वोच्चका सूचना अधिकारी गोविन्दप्रसाद घिमिरेले टिकटक प्रतिबन्धविरुद्ध सर्वोच्चमा आठ वटा रिट दर्ता भएको जानकारी दिनुभयो । आज अधिवक्ता डा। सुनिल रञ्जन सिंह समेतले सर्वोच्चमा रिट दर्ता गर्नुभएको हो ।

गत कात्तिक २७ गते बसेको मन्त्रिपरिषद् बैठकले टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । बैठकको निर्णयसँगै नेपालका अधिकांश इन्टरनेट सेवा प्रदायकहरूले टिकटक नचल्ने बनाएका छन् ।