विश्वकप छनोटको समूह चरणमा नेपाल भोलि यमनविरुद्ध खेल्दैँ

काठमाडौं । विश्वकप छनोटको समूह चरणमा आफ्नो दोस्रो खेल नेपालले भोलि मंगलबार साँझ ७ बजे काठमाडौंको दशरथ रंगशालामा यमनविरुद्ध खेल्दै छ ।

आगामी चरणमा जानका लागि पनि यो खेल महत्वपूर्ण रहेकाले जित्नुपर्ने नेपाली फुटबल टिमका कप्तान लिम्बुले बताए । यो खेलका लागि तयारी राम्रो रहेको उनले बताए ।

यमनसँगको खेलमा नेपालका लकेन लिम्बु खेल्ने छैनन् । उनको खुट्टा भाँचिएकाले खेल्न नसक्ने एनेसले जानकारी दिए ।

चोटका कारण यूएईसँगको खेल नखेलेका अनन्त तामाङले यमनसँगको खेल खेल्ने नखेल्ने अझै टुंगो छैन । उनका बारेमा मेडिकल टिमसँग सल्लाह गरेर निर्णय गर्ने प्रशिक्षक एनेसले बताए ।

नेपाली राष्ट्रिय फुटबल टिमका प्रमुख प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेस र कप्तान किरणकुमार लिम्बुले आफूहरुले विश्वकप छनोटमा यमनविरुद्धको खेल जित्न चाहेको बताएका छन् ।