आर्थिक वर्ष २०८०र०८र्१ मा अर्थतन्त्रलाई चलायमान बनाउनु सुचकहरु बढ्दै छन्; अर्थमन्त्री डा.महत

 

काठमाडौं । अर्थमन्त्री डा। प्रकाशशरण महतले आर्थिक वर्ष २०८०र०८१ मा सबैभन्दा धेरै विदेशी पर्यटकले नेपाल भ्रमण गर्ने बताउनुभएको छ ।

सोमबार नेपाली कांग्रेस पदाधिकारी बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्नुहुँदै मन्त्री शर्माले यस्तो बताउनुभएको हो । उहाँले नेपालमा लगानी विस्तरै बढ्दै गइरहेको बताउनुभयो ।

मन्त्री शर्माले नेपालमा अहिलेसम्मकै सबैभन्दा बढी विदेशी पर्यटक भित्रिने दाबी गर्नुभयो । उहाँले विदेशी पर्यटकहरूको कारण अर्थतन्त्र चलायमान बन्ने र आर्थिक गतिविधिहरू बिस्तारै बढ्दै जाने बताउनु भयो । उहाँले अर्थतन्त्रका सूचकहरू सकारात्मक भइरहेकाले अर्थतन्त्र थप चलायमान बन्ने जानकारी दिनुभयो ।

मन्त्री शर्माले भन्नुभयो, ‘‘लगानी र जग्गा कारोबार विस्तरै बढ्दैछ । आर्थिक वर्ष २०८०र०८१ मा सबैभन्दा धेरै विदेशी पर्यटक आउँदैछन् यो जनवरीसम्मको कुरा गर्ने हो भने । मलाई लाग्छ, अहिलेसम्मकै सबैभन्दा ज्यादा नेपालमा वैदेशिक पर्यटक भित्रिँदैछन्, त्यसले अर्थतन्त्र चलायमान बन्न मद्दत पुग्छ । आर्थिक गतिविधिहरू बिस्तारै बढ्दैछन् । जहाँ निश्चित ठाउँभन्दा बाहिर लगानी भए, त्यसले गर्दा उनीहरूलाई ऋण तिर्न गाह्रो भएको छ ।’’

अर्थमन्त्री महतले अर्थतन्त्र थप चलायमान बनाउन विज्ञहरूसँग थप सुझाव सल्लाह लिएर अघि बढ्ने बताउनुभयो ।