खाग तस्कर पन्ध्र वर्षपछि समातिए

चितवन । माडी नगरपालिका ५ का ४८ वर्षीय शनिचरा महतोलाई निकुञ्ज प्रशासनले गैँडा तस्करको आरोप मा पन्ध्रवर्षछि पक्रिएको छ । चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीकाले उनलाई पुस २७ गते पक्राउ गएिको जानकारी दिएका छन् ।गैँडा मार्ने काममा प्रत्यक्ष संलग्न भएको आरोपमा उनीविरुद्ध २०६२ असोज १२ गते मुद्दा दायर गरिएको थियो । उनको मुद्दा विसं २०६४ पुस २० गते फैसला भएको थियो र उनलाई एकलाख जरिवाना र पन्ध्र वर्ष कैद सजाँय तोकिएको थियो तर उनी मुद्दाको फैसला हुने बित्तिकै फरार भएका थिए।बिसं २०६२ सालमा निकुञ्जको भित्री इलाका भालुटापुमा गैँडा मार्ने क्रममा प्रत्यक्ष संलग्न भएको निकुञ्जले दाबी छ । गैँडा मार्ने कार्यमा सहयोग गर्नुका साथै खाग बिक्रीमा संलग्न भएको पाइएको निकुञ्जले जनाएको छ र भाारतबाट हतियार खरिद सम्बन्धी मुद्दा पनि महतोले खेप्दै आएका छन् ।

पन्ध्र वर्षसम्म दोषीलाई फरार रहनुमा प्रशाशनको मिलेमतो थिएन भन्ने ठाउँ रहेन । सेटिङमा उन्मुक्ति दिनु र पक्राउ गर्नु कुनै आश्चर्य नभएको बिशेष सूत्रले बतायो ।