एक लाख पचास हजार घुस सहित इन्जिनियर अधिकारी पक्राउ

काठमाडौं । सेवाग्राहीसँग एक लाख पचास लाख घुस लिए लगतै इन्जिनियर सुरेन्द्र अधिकारीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ ।

तनहुँ जिल्ला, भानु नगरपालिका कार्यक्षेत्र भई राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाई (शिक्षा) अन्तर्गत कार्यरत सव(इन्जिनियर सुरेन्द्र अधिकारीले आफ्नो कार्यक्षेत्र भित्रको विद्यालयको भौतिक संरचना निर्माणमा निकासा दिलाइदिए एक लाख पचास हजार रुपैयाँ घुस लिएका थिए ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय पोखराबाट खटिई गएको टोलीले इन्जिनियर अधिकारीलाई घुस रकम सहित नियन्त्रणमा लिएर अनुसन्धान गरिरहकेो अख्त्यिार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता तारानथा अधिकारीले जनाएका छ ।
म्यधलयिबम ल्यध