फिफा विश्वकप २०२६ र एएफसी एसियन कप २०२७ को संयुक्त छनोट:आज नेपाल यमनसँग भिड्दैँ

काठमाडौं । फिफा विश्वकप २०२६ र एएफसी एसियन कप २०२७ को संयुक्त छनोटअन्तर्गत समूह ‘एच’ को दोस्रो चरणको खेलमा नेपालले आज (मङ्गलबार)साँझ यमनसँग प्रतिस्पर्धा गर्दैछ ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा साँझ ७:०० बजे सुरु हुने खेलमा नेपालले तुलनात्मक रूपमा बलियो टोली यमनलाई हराउने योजनामा छ । एक साता अघि समूहको पहिलो खेलमा संयुक्त अरब इमरिेट्स (यूएई) सँग उसैको मैदानमा ४(० गोलले पराजित भएको नेपालले घरेलु मैदानमा पहिलो खेल खेल्न लागेको हो ।

यमन पहिलो खेलमा बहराइनसँग घरेलु मैदानमा २(० गोलले पराजित भएको थियो । त्यसैले आज नेपाल र यमन दुवै पहिलो जित निकाल्दै अङ्क जोड्ने अभियानका छन् । फिफा वरीयतामा यमन नेपालभन्दा माथि छ । नेपाल एक सय ७३औँ र यमन एक सय ७३औँ स्थानमा छ ।