काठमाडौं । साविक विजेता इटली युरोकप २०२४ मा छनोट भएको छ । समूह ‘सी’ अन्तर्गत सोमबार राति भएको खेलमा इटालीले युक्रेनलाई गोलरहित बराबरीमा रोक्दै युरो कपमा स्थान बनाएको हो ।
इटाली समूहमा १४ अङ्क जोड्दै उपविजेता बन्यो । समान १४ अङ्क बनाएको युक्रेन इटलीसँग हेड टु हेडका आधारमा पछि परेको छ । छनोटको लागि युक्रेनले अब प्लेअफ खेल्नुपर्ने बाध्यता भएको छ । पहिलो लेगमा इटालीले युक्रेनलाई २(१ गोलले हराएको थियो ।
यस्तै समूह ‘सी’ कै अर्को खेलमा इङ्ल्यान्ड नर्थ मेसोडनेसियासँग १(१ गोलको बराबरीमा रोकिएको छ । इङ्ल्यान्ड यसअघिनै समूह विजेताको रुपमा युरो कपमा छनोट भईसकेको छ ।
समूह ‘ई’ बाट चेक रिपब्लिक मोल्दोभोलाई ३(० गोलले हराउँदै युरो कपमा छनोट भएको छ । समूह ‘एच’ बाट स्लोभेनियाले कजाकस्तानलाई २(१ गोलले हराउँदै युरो कपमा छनोट भएको छ ।
यस समूहबाट डेनमार्क समूह विजेता बन्दै छनोट भएको छ । तर सोमबार राति डेनमार्क नर्दन आयरल्यान्डसँग २(० गोलले पराजित भएको थियो । युरो कप फुटबलको आगामी संस्करण सन् २०२४ मा जर्मनीमा आयोजना हुँदैछ ।
Add Comment