विश्वकप छनौट : अर्नेन्टिनासँग ब्राजिल ० -१ गोलअन्तरले पराजित

काठमाडौं । विश्वकप छनौट अन्तर्गत अहिले बिहान सम्पन्न खेलमा ब्राजिल अर्जेन्टिनासँग पराजित हुन पुगेको छ । दश खेलाडीमा सीमित ब्राजिल अर्जेन्टिनासँग ०(१ गोलले पराजित भएको हो ।

ब्राजिलको यो लगातारको तेस्रो हारसँगै सात अंकसहित बटुल्दै विश्वकपमा छनौटमा समूहको छैटौं स्थानमा छ । उता अर्जेन्टिना भने १५ अंकसहित समूहको पहिलो स्थानमा रहेको छ ।

पहिलो हाफ बराबरी खेलेको अर्जेन्टिनाले दोस्रो हाफको ६३औं मिनेटमा निकोलस ओटामेन्डीले गरेको गोलबाट अग्रता लिएको थियो ।

खेलको ८०औं मिनेटमा ब्राजिलियन खेलाडी जोइलिनटनले रातो कार्ड खाएपछि दश खेलाडीमा सीमित ब्राजिलले कुनैपनि गोल गर्न सकेन ।

त्यसैगरी आजै भएको अर्को खेलमा कोलम्बिया, इक्वेडर र उरुग्वेले जीत हात पारेका छन् । पेरु र भेनेजुएलाबीच भएको खेल भने एक(एक गोलको बराबरीमा रोकिएको छ ।