काठमाडौं । कैलालीको बर्दगोरीया गाउँपालिका वडा नम्बर ४ स्थित माध्यमिक विद्यालय कोटातुल्सीपुरमा कार्यरत बालविकासका कर्मचारी निरञ्जना मल्लविरुद्ध नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेको आरोप लागेको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान कार्यालयका प्रवक्ता भोला दाहालका अनुसार मल्लले माध्यमिक शिक्षा परिषद् क्षेत्रीय कार्यालय वाराणसी भारतबाट जारी भएको हाई–स्कुल परीक्षाको नक्कली (झुट्टा) शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरेको आरोप लागेको छ ।
उनले सो प्रमाणपत्र पेस गरी बर्दगोरीया गाउँपालिका ४ स्थित सो विद्यालयमा सहयोगी कार्यकर्ताको पदमा नियुक्त लिई ओहोदा, लाभ र सुविधा प्राप्त गरी भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिमको कसुर गरेकाले कैद र जरिवाना हुन मागदाबी लिई शुक्रबार विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर भएको आयोगले जानकारी गराएको छ ।
Add Comment