करिब १४ किलो सुनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंबाट घले पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंबाट बिहीबार राती दुबई फ्लाइटबाट आएका गोरखा वारपाकका चन्द्र घले करिब १४ किलो सुनसहित पक्राउ परेका छन् ।

विमानस्थलका प्रहरी र भन्सार कार्यालयका कर्मचारीको टोलीले घलेलाई सुनसहित पक्राउ गर्नुभएको हो ।

जहाजबाट अवतरण हुने क्रममा चन्द्रलाइ सुनसहित पक्राउ गरेको नेपाल प्रहरीका प्रवक्ता डिआइजी कुबेर कडायतले जनाएको छ ।

डिआइजी कडायतका अनुसार सुनसहित पक्राउ परेका घलेलाई भन्सार विभागमा थप कारबाहीका लागि बुझाई सकिएको छ ।

शरीरमा सुन लुकाएर ल्याएको अवस्थामा घले पक्राउ परेको प्रहरील जानकारी दिएको छ ।

ताजा अपडेट