एसिसी यू–१९ एसिया कप : आज नेपाल र पाकिस्तानबिच प्रतिस्पर्धा हुदैँ

काठमाडौं । एसिसी यू–१९ एसिया कपको पहिलो खेलमा नेपालले संयुक्त अरब इमिरेट्स (युएई) स्थित आइसिसी एकेडेमी ओभल २ मैदानमा आज पाकिस्तानसँग प्रतिस्पर्धा गर्दैछ ।
नेपालले टस हारेर पहिले ब्याटिङ गर्ने निम्तो पाएको छ । पाकिस्तानका कप्तान साद बेगले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेपछि नेपाल ब्याटिङमा उत्रन लागेको हो ।
नेपाल र पाकिस्तान दुवै आजको खेलमा सुखद सुरुवात गर्ने लक्ष्यमा छन् ।
एसिया कपमा नेपाल समूह ‘ए’ मा छ । यस समूहमा निकै बलिया टोली भारत, पाकिस्तान र अफगानिस्तान छन् । समूह ‘बी’ मा आयोजक युएई, जापान, बङ्गलादेश र श्रीलङ्का छन् । नेपाललाई समूह चरण पार गर्न सुरुमै पाकिस्तान र भारत जस्ता बलिया टोलीलाई पन्छाउनुपर्ने बाध्यता छ ।
एसिया कपलाई एक महिनापछि दक्षिण अफ्रिकामा आयोजना हुने आइसिसी यू–१९ विश्वकप तयारीको रूपमा समेत लिइएको छ ।
नेपालले एक महिनाअघि मलेसियामा सम्पन्न एसीसी यू–१९ प्रिमियर कप उपाधि जित्दै एसिया कपमा स्थान बनाएको थियो । समूहका शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् ।
नेपाल आज पाकिस्तानसँग खेल्दै छ भने मङ्सिर २४ गते अफगानिस्थानसँग र त्यसै गरि मङ्सिर २६ गते भारतसँग खेल्ने तालिका रहेको छ ।
मङ्सिर २९ गते दुबै सेमिफाइनलका खेल रहेका छन् । पुस १ गते फाइनल खेल रहेको छ ।