भारतीयसहित चार निर्माण व्यवसायी कम्पनी कालोसूचीमा

काठमान्डौँ । एक भारतीयसहित चार निर्माण व्यवसायी कम्पनी कालोसूचीमा परेका छन् । सार्वजनिक खरिद अनुगमन कार्यालयका अनुसार पुष्पलाल मध्यपहाडी राजमार्ग आयोजना निर्देशनालय, मध्यपहाडी राजमार्ग योजना कार्यालय कुश्मा पर्वतबाट कालो सूचीमा राख्न लेखि पठाएपछि १ भारतीय सहित ४ कम्पनीलाई कालोसूचीमा राखिएको खरिद अनुगमन कार्यालयले जनाएको छ ।

कालीसूचीमा पर्नेमा भारतको पश्चिम बंगालको एम।पी सितानी एन्ड सन्स, सुर्खेतको एम।पी÷एस।सी।एफ÷ई।सी।सी जे।भी, सुर्खेतकै सूर्य कन्स्ट्रक्सन फर्म, काठमाडौं सुकेधारस्थित एलिट कन्स्ट्रक्सन र मोरङको विराटनगरस्थित भूमि इन्फ्रास्ट्रक्चर छन् । विभिन्न आयोजनाको ठेक्का लिएर काम नगर्ने निर्माण कम्पनीहरूलाई सार्वजनिक खरिद अनुगमनको कार्यालयले दुईदेखि तीन वर्षसम्मका लागि कालोसूचीमा राखेको जनाएको छ ।