इपिएस सम्वन्धी आन्दोलनमा दुई युवाको मृत्यु लिङ्देनले गरे खेद व्यक्त

काठमाडौं । बालकुमारीमा भएको घटनाको सत्यतथ्य छानविन गर्न, घाइतेको उपचार गर्न राप्रपाले नेपाल सरकारसँग माग गरेको छ । पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले प्रेस विज्ञप्ति जारी गर्दै सरकारी दमनबाट ज्यान गुमाएकाहरु प्रति श्रद्धाञ्जली समेत प्रकट गरेको छ । कोरियाली भाषा सम्वन्धी इपिएस परिक्षमा सहभागिताको विषयलाई लिएर ललितपुरको बालकुमारीमा युवाहरु आन्दोनरत थिए । सोही क्रममा प्रहरीको झडपमा परी दुई जनाले ज्यान गुमाएका हुन् ।

लिङ्देनले विज्ञप्ति मार्फत आन्दोलनमा उत्रिएका युवाहरु लक्षित गरी सरकारको दमन र गोली प्रहारको घटना, दुखद, आपत्तिजनक र दूर्भाग्यपूर्ण भएको उल्लेख गरेका छन् । स्वदेशमा गरी खान पाउने वातावरण नपाएका बेरोजगार युवाहरुलाई सरकारले संयमता गुमाई गोली प्रहार गरेर हत्या गर्नु गम्भी चिन्ताको विषयमा भएको समेत लिङ्देनले विज्ञप्ति मार्फत सरकारको ध्यानाकर्षण गराएका छन् ।