फागुन १ गते सार्वजनिक विदा नदिन सर्वोच्चको आदेश

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालको नेतृत्वमा सरकार गठन भए लगतै अघिल्लो वर्ष फागुन १ गते जनयुद्ध दिवस मनाउनका लागि भन्दै सार्वजनिक विदा दिने निर्णया भएको थियो । सोही निर्णय बमोजिम सार्वजनिक विदा पनि भयो । तर त्यसको विरुद्ध सर्वोच्च अदालतमा परेको रीटको एक वर्ष पछि भएपनि सुनुवाई भएको छ ।

सर्वोच्च अदालतले फागुन १ जनयुद्ध दिवस मनाउने सरकारको निर्णयलाई बदर गरिदिएको छ । जनयुद्ध शब्दमा राष्ट्रिय सहमति बनिनसकेको र संक्रमणकालीन न्यायका काममा संलग्न संस्थाको भावी काममा समेत प्रभाव पर्नसक्ने सर्वोच्चको ठहर छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको मन्त्रिपरिषदले २९ माघ २०७९ मा १ फागुनमा जनयुद्ध दिवस मनाउने र सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।