सत्यनारायणबहादुर श्रेष्ठ प्रेस स्वतन्त्रता सेनानी पुरस्कार प्रदान

काठमाडौँ । नेवाः पत्रकार राष्ट्रिय दबूले शुक्रबार सत्यनारायणबहादुर श्रेष्ठ प्रेस स्वतन्त्रता सेनानी पुरस्कार गोरखापत्रका वरिष्ठ पत्रकार लक्की चौधरीलाई प्रदान गरेको छ । प्रेस काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले स्वर्गीय श्रेष्ठको १०८ औं जन्मजयन्तीको अवसरमा आयोजित समारोहमा चौधरीलाई २५ हजार रुपियाँसहित ताम्रपत्र प्रदान गरेका हुन् ।

पत्रकार चौधरीले २०७२ सालदेखि स्वर्गीय श्रेष्ठका बारेमा खोज गरी निरन्तर लेख, रचना लेख्ने र नेपाल पत्रकार महासंघको इतिहासलाई पुनःलेखनको बारे सार्वजनिक बहस र विमर्शको विषय बनाउन पु¥याउनुभएको योगदानको आधारमा सो पुरस्कार प्रदान गर्ने निर्णय गरिएको हो । प्रेस काउन्सिल नेपालको २०७२ पुसमा प्रकाशित संहितामा इतिहास बांँङिगएको दुःखेसोसँगै विभिन्न सञ्चार माध्यममा महासंघको संस्थापक सत्यनारायणबहादुर श्रेष्ठ भएको समाचार तथा आलेखहरु प्रकाशित गरेका थिए ।

नेवाः पत्रकार राष्ट्रिय दबूले स्वर्गीय श्रेष्ठलाई नेपाल पत्रकार महासंघको संस्थापक अध्यक्षको पहिचान दिलाउने अभियान चलाउँदै आएको छ । सोही अभियानअन्तर्गत सत्यनारायणबहादुर श्रेष्ठ प्रेस स्वतन्त्रता सेनानी पुरस्कार यस वर्षदेखि थालनी गरिएको हो ।
नेपाल पत्रकार महासंघको संस्थापक अध्यक्षका रुपमा पत्रकार संगठित गर्ने अभियानको सुरुवात २००८ सालमा नेपाल टुडेको सम्पादक श्रेष्ठले आप्mनो अध्यक्षतमा पहिलो पटक नेपाल पत्रकार संघको गठन गरेको हो ।

२००९ सालमा संघको दोस्रो सभाबाट पुनः श्रेष्ठलाई अध्यक्षमा चयन गरिएको हो । २०१२ सालमा पत्रकारहरुको अर्को बैठकबाट पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्व सभापति वृmष्णप्रसाद भट्टराईको सभापतित्वमा नेपाल पत्रकार संघको पुनर्गठन गरिएको थियो । त्यसपछि यही तथ्यलाई पहिलो घटनाको रुपमा व्याख्या गरी भट्टराईलाई नेपाल पत्रकार महासंघको संस्थापक मानिँदै आएको छ ।

सोही अवसरमा सत्यनारायण बहादुर श्रेष्ठ स्मृति मिडिया कप फुटसल प्रतियोगिताको विजेता नेवाः पत्रकार राष्ट्रिय दबु, चितवन, उपविजेता नेवाः पत्रकार राष्ट्रिय दबु काठमाडौँ र तेस्रो स्थान हािसल गर्ने नेवाः कलाकारको टिमलाई ट्रफी, पदक तथा प्रमाण पत्र प्रदान गरियो । यसैगरी सत्यनारायण बहादुर श्रेष्ठ स्मृति मिडिया कपका संयोजक प्रजित शाक्य, नेवाः पत्रकार राष्ट्रि दबुद्वारा प्रकासित बुलेटिन आज्जुका प्रधान सम्पादक सुरजवीर वज्राचार्य, भिडियो÷फोटो संयोजन गर्ने अनुप प्रधान र सत्यनारायण बहादुर श्रेष्ठ जन्मजयन्ती कार्यक्रमका संयोजक राजु नापितलाई पनि सम्मान पत्र प्रदान गरिएको थियो ।